मध्यम तथा न्यून आयश्रोत भएका दाजुभाई तथा दिदीबहीनीहरुको परिश्रमबाट आर्जित आम्दानीमा बचतको लागि प्रोत्साहित गर्ने तथा पूँजी अभावमा व्यवसाय साचालन तथा बिस्तार गर्न कठिनाई भोगिरहेका सदस्यहरुलाई सहकारीताको भावना अनुरुप आबद्ध गराई आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएर सहकारी ऐन २०४८ अन्तर्गत यस धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । आफ्ना सदस्यहरुबाट अनुत्पादक रुपमा यत्रतत्र छरिएर रहेको पूँजी एकिकृत गरी आफ्ना सदस्यहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा सहयोग पुर् याउने उद्धेश्य रहेको छ । साथै विभिन्नसीपमूलक कार्यक्रमहरुको आयोजना गर्ने मार्गदर्शन गर्ने तथा कार्यान्वयनको लागि आर्थिक सहयोग प्रदान गर्ने उद्धेश्य पनि रहेको छ ।
Khuturke Saving Account
Swabalambi Saving Account

