Dharmasthali Co-operative Building


Dharmasthali Saving Building construction project.











धर्मस्थली–२, काठमाडौं
सिलबन्दी बोलपत्र आह्वानको सूचना
बोलपत्र सूचना नं. १।६८।०६९
(प्रथमपटक प्रकाशित मिति २०६८।१०।५ गते)

यस सहकारी संस्थाले २९० स्क्वायर फि. क्षेत्रफलमा ४ तल्ले भवन निर्माण परियोजना शुरु गर्न लागेको हुंदा भवन निर्माण गर्न चाहने इच्छुक फर्म वा ब्यक्तिहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

१. बोलपत्र फारामको दस्तुरवापत रु. ५००।–(फिर्ता नहुने गरी) तिरी कार्यालय समय (बिहान ७ः०० देखि ११ः०० बजे) भित्र संस्थाको काउन्टरबाट प्राप्त गर्न सकिनेछ ।
२. बोलपत्र यस धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले (शेयर होल्डर तथा खातावालहरु) मात्र खरिद गर्न पाउनेछन् ।
३. दररेट उल्लेख गर्दा अंक स्पष्ट रुपमा लेख्नु पर्नेछ । सकेसम्म अंक केरमेट नगरी लेखेको हुनुपर्नेछ । यदि सच्याउनु परेमा, सच्याइएको ठाउंमा आफ्नो हस्ताक्षर गर्नुपर्नेछ ।
४. खरिद गरिएको बोलपत्र प्रथमपटक सूचना प्रकाशित भएको मितिले ७ औं दिनको ११ बजे भित्र र सो दिन बिदा परेमा त्यसको भोलिपल्ट यस संस्थाको अध्यक्षको नाममा सम्बोधन गरी सिलबन्दी बोलपत्रदाताको नाम, ठेगाना स्पष्ट खुलाई सिलबन्दी गरी कार्यालयमा दर्ता गराउनुपर्नेछ । उक्त बोलपत्र मिति २०६८÷१०÷९ का दिन बिहान ठीक ८ बजे यस संस्थाको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा प्रतिनिधि नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. म्याद नाधी आएको र रीत नपुगी पेस भएका बोलपत्रलाई मान्यता दिइने छैन ।
६. सिलबन्दी बोलपत्र पूर्ण वा आंशिकरुपमा स्वीकृत गर्ने वा सूचना रद्द गर्ने अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।
७. सिलबन्दी बोलपत्र स्वीकृत भएपछि त्यसको भोलिपल्ट नै सम्झौता गरिसक्नुपर्नेछ, यदि सो दिनभित्र सम्झौता नगरेमा दररेट क्रमको दोश्रो सिलबन्दी बोलपत्रलाई स्वीकृत गरिनेछ ।
८. बोलपत्रदाताले एक पटक दर्ता गरेको बोलपत्र फिर्ता वा संशोधन गर्न चाहेमा सूचना प्रकाशित भएको ५ औ दिनको ८ बजेभित्र सिलबन्दी निवेदन दिन सकिने छ ।